२०८२ मंसिर १७, मङ्गलवार , १०:०७:०७ बजे

Sajhamanch
'

बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभावले मौसम बदली

मङ्गलवार, मंसिर १७, २०८२

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ । कोशी, मधेश र वाग्मती प्रदेशमा दक्षिण–पश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

मौसम बदली भएसँगै चिसो बढेको छ । काठमाडौं उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो ।

मङ्गलवार, मंसिर १७, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर