२०८२ मंसिर १७, मङ्गलवार , १०:०७:५२ बजे

Sajhamanch
'

नोभेम्बरमा भित्रिए १ लाख १६ हजार पर्यटक

मङ्गलवार, मंसिर १७, २०८२

काठमाडौं । गएको नोभेम्बर महिनामा १ लाख १६ हजार ५५३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले हिजो सार्वजनिक गरेको तथ्याङ्कअनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको हो । जसमा नोभेम्बरमा सबैभन्दा धेरै भारतबाट १८ हजार ९९५ पर्यटक भित्रिएका छन् ।

त्यसैगरी संयुक्त राज्य अमेरिकाबाट ११ हजार २५४ जना, चीनबाट सात हजार ८७१ जना, बेलायतबाट सात हजार १८९ जना, बङ्गलादेशबाट पाँच हजार ६५३ जना, अष्ट्रेलियाबाट पाँच हजार ३९३ जना, श्रीलङ्काबाट चार हजार ८३१ जना, म्यानमारबाट चार हजार ४८४ जना, फ्रान्सबाट चार हजार २११ जना र जर्मनीबाट चार हजार १३४ पर्यटक भित्रिएका हुन् ।

मङ्गलवार, मंसिर १७, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर