२०८२ मंसिर १६, सोमवार , ०४:०४:४९ बजे

Sajhamanch
'

सर्वसम्मत रुपमा कार्यतालिका पारित गर्न देउवाको निर्देशन

सोमवार, मंसिर १६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी पुस मसान्तमा महाधिवेशन गर्ने गरी पेस हुने कार्यतालिका सर्वसम्मत पारित गर्न निर्देशन दिनु भएको छ ।

देउवाले संस्थापन पक्षीय नेताहरूलाई यस्तो निर्देशन दिनु भएको हो । २१ फागुनको चुनावअघि महाधिवेशन हुन नसक्ने अडानमा रहेका संस्थापन पक्षीय नेताहरूलाई सोमबार महाराजगञ्जस्थित निवासमा बोलाएर देउवाले यस्तो निर्देशन दिएको एक नेताले जानकारी दिनुभयो ।

आजै बस्ने केन्द्रीय कार्यसमिति बैठकमा देउवाको निर्देशनअनुसारको कार्यतालिका पेश हुँदैछ ।

‘सभापतिज्यूले कार्यतालिका सर्वसम्मत पास गर्नुस् । यसले विभाजनको कुरा रोक्छ भन्नुभयो,’ छलफलमा सहभागी एक नेताले भन्नुभयो, ‘हामीले आफ्ना कुरा राख्यौं । सभापतिले भनेपछि हामी सर्वसम्मत पास गरौं भनेर फर्कियौं ।’

यसअघि संस्थापन पक्षीय नेताहरू चुनाव अघि महाधिवेशन गर्न नहुने अडामा थिए । उनीहरूले आइतबार भेला गरेर सोमबारको बैठकमा पेस हुने कार्यतालिका फेल गर्ने तयारीसमेत गरेका थिए ।

सम्बन्धित खबर