
काठमाडौं । एसीसी १९ वर्षमुनिको पुरुष प्रिमियर कप क्रिकेटको फाइनलमा घरेलु टोली यूएईले नेपाललाई १४८ रनको लक्ष्य दिएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) को कारवान मैदानमा टस हारेर ब्याटिङ गरेको यूएई ४५ ओभर ५ बलमा १४७ रन बनाउँदा अलआउट भयो । यूएईका अहमद खुदादादले सबैभन्दा धेरै ७१ रन बनाए ।
नेपालका दयानन्द मण्डलले ६, अपराजित पौडेलले २ तथा नितिशकुमार पटेल र कप्तान अशोक धामीले १/१ विकेट लिए । नेपालका कप्तान धामीले १० ओभरमा ४ मेडन राख्दै ९ रनमात्र दिए ।
सेमिफाइनलमा नेपालले मलेशियालाई र यूएईले ओमानलाई हराउँदै फाइनलमा पुगेका हुन् । नेपाल र यूएई शीर्ष ३ मा रहँदै एसीसी १९ वर्षमुनिको एशिया कपमा छनोट भएका छन् ।
यस्तै एशिया कपमा पुग्ने तेस्रो टोली बन्न अहिले तेस्रो स्थानका लागि ओमान र मलेशियाबीच प्रतिस्पर्धा भइरहेको छ ।


