२०८२ मंसिर १६, सोमवार , ०१:५९:२३ बजे

Sajhamanch
'

मेयर बालेनलाई पितृशोक

सोमवार, मंसिर १६, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ। मेयर बालेनका बुवाको आज ७७ वर्षको उमेरमा निधन भएको हो।

उहाँ आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना हुनुभएको थियो। उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारका क्रममा सोमबार मध्याह्न रामनारायणको निधन भएको सिभिल अस्पताल स्रोतले जानकारी दिएको छ।

रामनारायणलाई पिसाबसम्बन्धी संक्रमण देखा परेको थियो जसको असर मस्तिष्कमा समेत देखिएको थियो । साहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि अस्पताल पुग्नुभएको थियो ।

रामनारायणमा लामो समयदेखि मधुमेह र पिसाबको संक्रमण रहेको चिकित्सकले बताएका छन्। रामनारायणका श्रीमती, दुई छोरा र एक छोरी छन्।

सम्बन्धित खबर