२०८२ मंसिर १३, शुक्रवार , ०३:४२:१६ बजे

Sajhamanch
'

एक हजार दरका ४३ करोड थान नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीले पायो

शुक्रवार, मंसिर १३, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका ४३ करोड थान नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंकका अनुसार चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशनले नोट छाप्ने ठेक्का पाएको हो ।

राष्ट्र बैंकले नोट छाप्ने ठेक्का लगाउन गएको भदौ १० गते बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमार्फत प्राप्त भएकोमध्ये सबैभन्दा थोरै मूल्य प्रस्ताव गरेकाले चिनियाँ कम्पनीलाई बैंकले छनोट गरेको हो ।

यसका लागि राष्ट्र बैंकले कुल एक करोड ६९ लाख ८५ हजार अमेरिकी डलर अर्थात् दुई अर्ब ४२ करोड ६७ लाख ६१ हजार रुपैयाँ भुक्तानी गर्ने सहमति भएको छ ।

सम्बन्धित खबर