
काठमाडौं । चितवनको माडी–ठोरी सडकखण्ड अन्तर्गत पटारी खोलामा निर्माणाधीन पुलको ठेक्का तोडिएको छ । वर्षौँदेखि पुल निर्माण अलपत्र पारेको भन्दै सरकारले ठेक्का तोडेको हो ।
हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय वीरगन्जले आज सार्वजनिक सूचना जारी गर्दै काम अलपत्र पारेर ठेकेदार कम्पनी सम्पर्कमा नआएकाले ठेक्का तोडिएको जनाएको छ ।
निर्माण व्यवसायीलाई ठेक्का किन नतोड्ने भनेर १५ दिनभित्र स्पष्टीकरण मागिएको थियो । तर स्पष्टीकरण नबुझाएको, काम सुरु नगरेको र निर्माण व्यवसायीका प्रतिनिधि पनि सम्पर्कमा नआएकाले ठेक्का तोडिएको हो ।



