२०८२ मंसिर १३, शुक्रवार , १०:३७:०२ बजे

Sajhamanch
'

चुनावमा सघाउन एमालेलाई प्रधानमन्त्रीको आग्रह, वातावरण बनाउनुपर्नेमा एमालेको जोड

शुक्रवार, मंसिर १३, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा सघाउन एमालेलाई आग्रह गर्नुभएको छ ।

हिजो एमाले महासचिव शंकर पोखरेल लगायतका नेताहरुसँग भएको भेटमा उहाँले चुनाव गराउन सरकार प्रतिबद्ध रहेको भन्दै सहयोगका लागि आग्रह गर्नुभएको हो ।

जवाफमा एमालेले चुनावी वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । वार्तामा सहभागी विघटित प्रतिनिधिसभामा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले आफूहरुले चुनावको लागि सहज वातावरण नबनेकोबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो । कारागारबाट भागेका कैदीबन्दी र लुटिएका हतियार फिर्ता लिन एमालेले आग्रह गरेको छ ।

भेटमा एमाले नेताहरुले आफूहरुले चुनावको विरोध गरेको नभई सहज वातावरण चाहेको बताएका थिए । एमालेले सेवानिवृत्त भएलगत्तै निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई स्थान हद तोकिनु, फरार कैदी पक्राउ नपर्नु र लुटिएका सबै हतियार फिर्ता नहुनुजस्ता घटनाले पनि चुनावको वातावरणमा प्रश्न उठेको जनाएको थियो ।

सम्बन्धित खबर