
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालू आर्थिक वर्षको पहिलो चौमासिक अर्थात साउनदेखि कात्तिकसम्ममा एक अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँ बराबरको चियाको निर्यात भएको छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो । गएको आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा यो ३७ प्रतिशतले कम हो ।
गएको आर्थिक वर्षको चार महिनामा दुई अर्ब २० करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो । यो चालू आर्थिक वर्षमा ८३ करोड १७ लाख ६२ हजार रुपैयाँले कम हो ।


