
काठमाडौं । सामाजिक सुरक्षा कोषले १ खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेको छ । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषमा योगदानकर्ताबाट जम्मा भएको ९५ अर्बसहित १ खर्ब २६ अर्ब रुपैयाँ सामाजिक सुरक्षा कोषले विभिन्न ठाउँमा लगानी गरेको जानकारी दिनुभयो ।
आठौँ सामाजिक सुरक्षा कोष दिवसका अवसरमा बोल्दै उहाँले लगानी कार्यविधि बमोजिङ मुद्दति खातादेखि विभिन्न ऋणपत्रमा लगानी गरेको बताउनुभयो ।
कार्यकारी निर्देशक अधिकारीका अनुसार ५८ अर्ब ८९ करोड बैंकको विभिन्न मुद्दतीमा लगानी भएको छ भने ३२ अर्ब १९ करोड ट्रेजरी बिलमा, २१ अर्ब ७६ करोड विकास ऋणपत्रमा, ४ अर्ब ५२ करोड डिबेन्चरमा, १ अर्ब ९५ करोड म्युचल फन्डमा लगानी गरेको जानकारी दिनुभयो ।
त्यस्तै कोषले २० हजार योगदानकर्तालाई सापटीबापत ७ अर्ब ७९ करोड ८३ लाख रुपैयाँ लगानी गरेको छ । योगदानकर्ता सापटीअन्तर्गत कोषले वार्षिक ५ दशमलव २ प्रतिशत ब्याजदरमा विशेष सापटी र ५ दशमलव ८६ प्रतिशत ब्याजदरमा घर तथा शैक्षिक सापटी दिने गरेको अधिकारीले बताउनुभयो ।
कोषमा श्रमिकहरूको आबद्धताका लागि ११४ वटा पालिकासँग समझदारी पत्र ९एमओयू० मा हस्ताक्षर भएको छ ।


