२०८२ मंसिर १२, बिहिवार , ०२:५८:१४ बजे

Sajhamanch
'

जसपा मधेश प्रदेशका अध्यक्ष यादवद्वारा राजीनामा

बिहिवार, मंसिर १२, २०८२

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादवले राजीनामा दिनु भएको छ ।

यादवले साधारण सदस्य समेत नरहने गरी बिहीबार एक विज्ञप्ति जारी गर्दै पदबाट राजीनामा दिएका घोषणा गर्नु भएको छ।

वर्तमान अवस्थामा मधेश केन्द्रित दलबाट देश र मधेशको विकास तथा अधिकारको रक्षा सम्भव नरहेको भन्दै यादवले पार्टी परित्याग गर्नु भएको छ।

जसपाबाट यसअघि राजेन्द्र श्रेष्ठसहित ६ जना नेताले नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निर्णय गरिसक्नु भएको छ।

श्रेष्ठसहितका नेताहरू बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रमका बीच नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदैछन् ।

सम्बन्धित खबर