२०८२ मंसिर १२, बिहिवार , ११:२६:०७ बजे

Sajhamanch
'

नेपाली महिला फुटबल टोली इन्डोनेसियासँग पराजित

बिहिवार, मंसिर १२, २०८२

काठमाडौं । नेपाली महिला फुटबल टोली इन्डोनेसियाविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा २–१ ले पराजित भएको छ ।

हिजो बेलुका योग्यकार्ताको मागुवोहर्जो रंगशालामा भएको खेलमा नेपालले इन्डानेसियाको आत्मघाती गोलका कारण अग्रता लिएको थियो । तर इन्डोनेसियाले ५८औं र ६७औं मिनेटमा गोल गर्यो । नेपालले प्रमुख खेलाडी सावित्रा भण्डारीविना खेलेको थियो ।

अन्तर्राष्ट्रिय महिला फुटबलमा इन्डोनेसियाविरुद्ध नेपालको यो दोस्रो हार हो । नेपाल सन् १९८९ मा इन्डोनेसियासँग एएफसी वुमेन्स च्याम्पियनसिपमा पराजित भएको थियो । त्यसपछि नेपालले सन् २०१९ मा एएफसी वुमेन्स ओलम्पिक छनोटमा इन्डोनेसियालाई हराएको थियो ।

अब नेपालले थ्री नेसन्स कपको अर्को खेलमा मंगलबार चाइनिज ताइपेईसँग खेल्नेछ ।

सम्बन्धित खबर