२०८२ मंसिर २७ शनिवार , ०६:०६:२७ बजे

Sajhamanch
'

टी–२० विश्वकपमा भारत र पाकिस्तानबीचको खेल आउँदो फेब्रुअरी १५ मा

मङ्गलवार, मंसिर ९, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल आउँदो फेब्रुअरी १५ मा श्रीलङ्काको कोलम्बोमा रहेको आर। प्रेमदासा स्टेडियममा हुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज प्रतियोगिताको आधिकारिक तालिका घोषणा गर्दैछ । सन् २०२५ को एशिया कपपछि भारत र पाकिस्तानबीच पहिलो पटक टी–२० विश्वकपमा प्रतिस्पर्धा हुन लागेको हो ।

आउँदो फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने विश्वकप भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्नेछन् जसमा पाकिस्तानले आफ्ना सबै खेलहरू श्रीलङ्काको कोलम्बो वा क्यान्डीमा खेल्ने सम्भावना छ ।

टी–२० विश्वकपमा २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष दुई टोली सुपर ८ मा प्रवेश गर्नेछन् जहाँ उनीहरूलाई फेरि दुई समूहमा विभाजन गरिनेछ ।

प्रतियोगितामा आयोजक भारत र श्रीलङ्कासहित नेपाल, अफगानिस्तान, अस्ट्रेलिया, बङ्ग्लादेश, इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज, न्युजिल्यान्ड, पाकिस्तान, आयरल्यान्ड, क्यानडा, इटली, नेदरल्यान्ड्स, नामिबिया, जिम्बावे, ओमान र यूएई छन् ।

भारत टी–२० विश्वकपको साविक विजेता हो । सन् २०२४ मा बार्बाडोसमा भएको टी-२० विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई हराएर उपाधि जितेको थियो ।

सम्बन्धित खबर