२०८२ मंसिर १०, मङ्गलवार , ०२:३२:१४ बजे

Sajhamanch
'

विश्वव्यापी तापक्रम सीमित राख्ने लक्ष्यमा नेपालको पनि ऐक्यबद्धता

मङ्गलवार, मंसिर १०, २०८२

काठमाडौं । ब्राजिलको बेलेममा सम्पन्न कोप–३० जलवायु सम्मेलनमा १९४ देशहरूले जलवायु परिवर्तनको विरुद्ध ऐक्यबद्धता जनाएका छन् । सम्मेलनमा जीवाष्म इन्धन, अनुकूलन वित्त र जलवायु न्याय विषयमा सहमति गर्न समय लम्बिएको थियो ।

संयुक्त राष्ट्रका कार्यकारी सचिव साइमोन स्टिलले स्वच्छ ऊर्जा, जलवायु सहनशीलता र न्यायोचित रूपान्तरणका नयाँ सहमतिलाई सम्मेलनको मुख्य उपलब्धि रहेको बताउनुभयो । नेपालले सम्मेलनमा हिमाल संरक्षण, जलवायु वित्त र प्रविधि हस्तान्तरणलगायत आफ्ना मुद्दा उठाएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री डा। मदनप्रसाद परियारले विश्वव्यापी तापक्रम १ दशमलव ५ डिग्रीमा सीमित गर्न सबै देशको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा। राजेन्द्रप्रसाद मिश्रले नेपालको हिमाली क्षेत्र र जलवायु संकटको संवेदनशीलता विश्वसामु राख्न सफल भएको बताउनुभयो ।

कोप–३० ले जलवायु कार्यका लागि मार्ग स्पष्ट बनाएको र अब राष्ट्रिय जलवायु योजनाहरूको शीघ्र कार्यान्वयनमा जोड दिनुपर्ने निष्कर्ष निकालेको छ ।

मङ्गलवार, मंसिर १०, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर