
काठमाडौं । नेकपा (एमाले) प्रतिनिधि सभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदैछ ।
एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आज दल दर्ताका लागि निवेदन दिने जानकारी दिनुभयो ।
एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरे पनि प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको निवेदन दिएको थिएन ।
प्रतिनिधि सभाको निर्वाचनका लागि दल दर्ताको समय बुधबारसम्मका लागि छ । राष्ट्रिय सभा निर्वाचनका लागि भने एमालेले यसअघि नै दल दर्ता गरिसकेको छ ।


