२०८२ मंसिर १०, मङ्गलवार , ११:२३:५० बजे

Sajhamanch
'

भीमफेदी कारागारका २७२ कैदीबन्दी फर्किए, १६८ जना अझै फरार

मङ्गलवार, मंसिर १०, २०८२

बागमती । मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये २७२ जना कैदीबन्दी कारागार फर्किएका छन् भने १६८ जना कैदीबन्दी अझै फरार छन् ।

गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका ४४० कैदीबन्दीमध्ये आज बिहानसम्म २७२ कैदीबन्दी कारागार फर्किएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिनुभयो ।

कारागारबाट भागेकामध्ये हालसम्म २७२ र अन्य कारागारबाट फरार ३७ गरी ३०९ कैदीबन्दी भीमफेदी कारागार फर्किएको प्रमुख पौडेलले बताउनु भयो ।

प्रमुख पौडेलका अनुसार भागेकामध्ये भीमफेदी कारागारका १६८ कैदीबन्दी आझै फरार छन् । फरार भएका ३९ जना विदेशी कैदीबन्दीमध्ये १३ जना कारागार फर्किएको र २६ जना अझै फरार छन् ।

फरार कैदीबन्दीको खोजीका क्रममा सुरक्षाकर्मीले बिभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताउनु भयो ।

कारागारबाट भागेका फरार कैदीबन्दीको खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले बताउनु भयो ।

मङ्गलवार, मंसिर १०, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर