२०८२ मंसिर ९, सोमवार , ०७:१२:३१ बजे

Sajhamanch
'

झापाका संस्कार सेकेण्ड रनरअप

सोमवार, मंसिर ९, २०८२

बिर्तामोड । बिर्तामोडस्थित सप्तक संगीतालयमा संगीत सिकिरहेका संस्कार सापकोटा देशकै प्रतिष्ठित रियालिटी शो सारेगम प लिटल च्याम्स नेपाल सिजन २ मा सेकेण्ड रनरअप बन्न सफल भएका छन् ।

काठमाडौंमा सम्पन्न फाइनल प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै उनी दोस्रो स्थानमा रहेका हुन् । उनी न्यूटन एजुकेशन एकेडेमीमा कक्षा ८ मा अध्ययनरत छन् ।

देशभरका प्रतिभाशाली बाल कलाकारहरूबीच भएको प्रतियोगिताको सबै राउन्ड पार गर्दै फाइनलमा प्रवेश गरेका संस्कारले फाइनल राउन्डमा गुलाम अलीको स्वरमा रहेको ‘किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ’ गीत उत्कृष्ट रूपमा प्रस्तुत गरेका थिए । उनको प्रस्तुतिले निर्णायक र दर्शकको मन जित्दै उनलाई सेकेण्ड रनरअपको उपाधि दिलाएको हो ।

यस उपाधिसँगै संस्कारले तीन लाख रुपैयाँ पुरस्कार, ट्रफी, प्रमाणपत्र, काठमाडौंस्थित मिडभ्याली कलेजमा प्लस टु सम्मको पूर्ण छात्रवृत्ति र दुई वटा म्युजिक भिडियोमा काम गर्ने अवसर पनि प्राप्त गरेका छन्।

भजनका पारखीसमेत रहेका संस्कारले प्रणमी सम्प्रदायमा भजन प्रस्तुत गरेर छुट्टै पहिचान बनाइसकेका छन्।

सम्बन्धित खबर