
काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५० दशमलव २ हजार ६५० दशमलव ६६ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा जीवन बीमा समूहको शेयर झन्डै ५, उत्पादन समूहको शेयर साढे ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज २१५ वटा कम्पनीको शेयर बढेकोमा ३७ वटाको घटेको छ । यस्तै ६ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज झापा इनर्जी, सागर डिस्टिलरी, बन्दीपुर केबलकार, स्वस्तिक लघुवित्त, श्रीनगर एग्रीटेक इन्डस्ट्रिज कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन माबिलुङ इनर्जी कम्पनीको शेयर भने सबैभन्दा धेरै झन्डै साढे ४ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब २८ करोडको कारोबार भएकोमा आज ३३० वटा कम्पनीका १ करोड ४२ लाख कित्ता शेयर ७ अर्ब ३ करोड रुपैयाँमा किनबेच भएको छ ।


