२०८२ मंसिर ९, सोमवार , ०३:२३:१३ बजे

Sajhamanch
'

दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फिर्ता

सोमवार, मंसिर ९, २०८२

काठमाडौं । भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना भएको पहिलो संस्करणको दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ । नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

श्रीलङ्काको राजधानी कोलम्बोमा हिजो भएको फाइनलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो । नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२ ओभर १ बलमा ३ विकेट गुमाएर भेटाउँदै उपाधि जितेको थियो ।

दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपालका दुई खेलाडी फरक–फरक विधामा ‘प्लेअर अफ द सिरिज’ भए । ‘बी वान’ क्याटगोरीबाट सुष्मा तामाङ र ‘बी टु’ बाट मनकेशरी चौधरी ‘प्लेअर अफ द सिरिज’ भए ।

प्रतियोगितामा नेपाल, भारत, श्रीलङ्का, पाकिस्तान, अस्ट्रेलिया र अमेरिका गरी ६ वटा टोली सहभागी थिए ।

सम्बन्धित खबर