२०८२ मंसिर ९, सोमवार , ०१:१०:०९ बजे

Sajhamanch
'

४९ जिल्लाका ६ लाखभन्दा धेरैलाई गरिब परिचयपत्र वितरण

सोमवार, मंसिर ९, २०८२

काठमाडौं । सरकारले ४९ जिल्लाका ६ लाख १५ हजार १६१ जनालाई गरिब परिचयपत्र वितरण गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पालिकासँग समन्वय गरी अति गरिबलाई रातो, मध्यम गरिबलाई पहेँलो र सामान्य गरिबलाई नीलो कार्ड वितरण गरेको हो । बाँकी १५ जिल्लामा पहिचान भएका २ लाख गरिबका कार्ड छपाई भई वितरण प्रक्रिया शुरू गरिएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता दामोदर वाग्लेका अनुसार गरिब परिचयपत्रले राज्यका सेवा–सुविधा एकद्वार प्रणालीबाट उपलब्ध गराउन सहज बनाउनेछ । विगतमा गरिबीसम्बन्धी कार्यक्रम एकीकृत नहुँदा दोहोरोपन र दुरुपयोग हुने गरेकाले पालिकामार्फत कार्ड वितरणको जिम्मेवारी दिइएको हो ।

परिचयपत्र पाउने परिवारलाई सीप प्रशिक्षण, शिक्षा–स्वास्थ्यको सुनिश्चितता तथा खाद्य सुरक्षाजस्ता कार्यक्रम तीनै तहका सरकारको समन्वयमा सञ्चालन गरिने छ ।

बाँकी १३ जिल्लामा सर्वेक्षण सकिइसकेकाले वितरण प्रक्रिया चलिरहेको छ । गरिब पहिचानका लागि १८ सूचक प्रयोग गरिएको र अहिलेसम्म करिब एक अर्ब रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर