
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्ससँगको खेलमा जनकपुर बोल्ट्ले टस जितेर बलिङ गरिरहेको छ । यो एनपीएलको नवौँ खेल हो ।
एनपीएलमा विराटनगरको यो तेस्रो खेल हो । विराटनगले यसअघिका दुई वटै खेल जितेर अङ्क तालिकाको दोस्रो स्थानमा छ ।
यस्तै जनकपुरको यो दोस्रो खेल हो । पहिलो खेलमा पराजित भएको जनकपुर तालिकाको सातौं स्थानमा छ ।
आजै दोस्रो खेलमा दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । एनपीएलमा दुवै टोलीको यो तेस्रो खेल हो । सुदूरपश्चिमले यसअघिका दुई वटै खेल जितेर तालिकाको शीर्ष स्थानमा छ । एक खेलमा जीत र एक खेलमा हार बेहोरेको कर्णाली तालिकाको छैटौं स्थानमा छ ।
मङ्सिर १ गतेदेखि शुरू भएको आठ वटा टोली सहभागी प्रतियोगिताको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।


