२०८२ मंसिर ८, आइतवार , ०३:२८:३४ बजे

Sajhamanch
'

त्रिदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल खेल्न इन्डोनेशिया जाने नेपाली टोलीको बिदाइ

आइतवार, मंसिर ८, २०८२

काठमाडौं । इन्डोनेशियामा आयोजना हुने त्रिदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा खेल्न जाने नेपाली टोलीको बिदाइ भएको छ ।

कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा इन्डोनेशिया जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईले आज एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

नेपाली टोलीमा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सविता रानामगर छैनन् । यही मङ्सिर १० देखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाली टोलीले घरेलु टोली इन्डोनेशिया र चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोलीका प्रमुख प्रशिक्षक नवीन न्यौपानेले चोटका कारण साम्बाले खेल्न नपाए पनि बलियो टोलीसँगको खेलमा टोलीका अन्य सदस्यलाई प्रतिभा प्रस्तुत गर्ने मौका भएको बताए ।

टोलीकी कप्तान एञ्जिला सुब्बाले यस प्रकारका प्रतियोगिताले आफूहरूलाई सहयोग पुग्ने धारणा राखिन् ।

सम्बन्धित खबर