२०८२ मंसिर ८, आइतवार , ०१:३२:३१ बजे

Sajhamanch
'

कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

आइतवार, मंसिर ८, २०८२

ढल्केबर । धनुषाको मिथिला नगरपालिका–२, हजरा चौकस्थित जनकपुर–ढल्केवर सडकखण्डमा आइतबार बिहान कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

ठक्करबाट मिथिला नगरपालिका–१, लक्ष्मीनिवासका ६० वर्षीय राजकुमार महतो गम्भीर घाइते हुनुभएको छ भने उहाँको श्रीमती ५५ वर्षीया सुमित्रा देवी महतोको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

बागमति प्रदेश ०१–०३१ च २०३६ नम्बरको कारले सडक पार गर्न लागेका साइकलमा सवार दम्पत्तिलाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।

घटनापछि स्थानीयवासी तथा प्रहरी टोलीले घाइते राजकुमार महतोलाई तत्कालै उद्धार गरी उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालतर्फ पठाइएको छ । ठक्कर दिने कार र त्यसका चालकलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर