२०८२ मंसिर ८, आइतवार , १०:३५:५९ बजे

Sajhamanch
'

रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी

आइतवार, मंसिर ८, २०८२

महोत्तरी । मिथिला क्षेत्रमा मनाइने रामजानकी विवाह महोत्त्सव शुरु भएसँगै महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी थालिएको छ ।

जनकपुरधाममा हप्ताव्यापी महोत्सव गएको बिहीवारदेखि शुरु भएसँगै विवाहपञ्चमीको एक दिनअघि गरिने ‘मटकोर’ विधिको तयारी मटिहानी लक्ष्मीनारायण मठले थालेको हो ।

पर्सी मङ्गलवार मङ्सिर शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमीको एक दिन पहिला भोलि सोमवार मटकोर सम्पन्न गरिनेछ । सात दिने महोत्त्सवमा अन्तर्गत बिहीवार नगर दर्शन, शुक्रवार फूलबारी लीला र हिजो धनुषयज्ञ सम्पन्न भएका छन् ।

मटिहानीमा रामजानकारी विवाहको एक दिन पहिला ‘मटकोर’ उत्सव मनाउने चलन रहेको लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्रदास वैष्णवले बताउनुभयो । मटकोर विधिमा पवित्र ठाउँको माटो खनेर वेदी, मण्डप, घडा, चुल्हो र देवीदेवताका प्रतिमा लेपन गरिने चलन छ ।

माटो खन्न जाँदा बाजागाजासहित महिला जाने गर्छन् । यसरी माटो खन्न जाने बेला महिलाले धानको भुस, चामल, बेसार, दही, फूल, पानको पात, सुपारी र अक्षतासहितका पूजा सामग्रीले भूमि पूजा गर्ने चलन छ ।

सम्बन्धित खबर