२०८२ मंसिर ६, शुक्रवार , ०३:१४:०७ बजे

Sajhamanch
'

सत्य निरूपण तथा मेलमिलाप आयोगमा द्वन्द्वपीडितको धर्ना

शुक्रवार, मंसिर ६, २०८२

काठमाडौं । द्वन्द्वपीडितहरूले आज सत्य निरूपण तथा मेलमिलाप आयोगमा धर्ना दिएका छन् । उनीहरूले दलीय भागबण्डाका आधारमा पदाधिकारी नियुक्त भएको आयोगले न्याय दिन नसक्ने भन्दै धर्ना दिएका हुन् ।

द्वन्द्वपीडित समुदायले आयोगका पदाधिकारीको राजीनामासमेत मागेका छन् । उनीहरूले विश्वसनीय र पारदर्शी प्रक्रिया आरम्भ गर्न मार्गप्रशस्त गर्न माग गरेका हुन् ।

विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष पूरा भइसक्दा पनि न्याय नपाएको उनीहरूको गुनासो छ । सरकार र तत्कालीन नेकपा माओवादीबीच २०६३ साल मङ्सिर ५ गते आजकै दिन विस्तृत शान्ति सम्झौता भएको थियो ।

शुक्रवार, मंसिर ६, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर