२०८२ मंसिर ६, शुक्रवार , ११:०६:५४ बजे

Sajhamanch
'

विवाह पञ्चमी अन्तर्गत आज फूलवारी लिला गरिँदै

शुक्रवार, मंसिर ६, २०८२

धनुषा । जनकपुरधाममा चलिरहेको सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव अन्तर्गत आज फूलवारी लिला गरिँदै छ । आजको दिन राम र सीताको बाल्यकालको पहिलो भेट भएको प्रसंगलाई नाट्यमय रूपमा प्रस्तुत गरिन्छ ।

जनकपुरको फूलबारीमा सीता खेल्न गएको बेला रामसँग भेट हुन्छ भन्ने कथालाई नाटक, गीत, भजन र झाँकीमार्फत देखाइन्छ । स्थानीय कलाकार तथा भक्तजनले राम–सीताको भेट र प्रारम्भिक आकर्षणको दृश्य सजिएका झाँकी र सांस्कृतिक प्रस्तुतिमार्फत अभिनय गर्छन् । धार्मिक तथा ऐतिहासिक महोत्सव बोकेको जनकपुरमा यो महोत्सव हप्ता दिनसम्म चल्छ । जानकी मन्दिरलाई विवाह मण्डप जस्तै सिङ्गारिएको छ ।

जानकी मन्दिरको सरसफाइ, पण्डाल निर्माण, झिलिमिली बत्ती, मञ्च तयारीदेखि सांस्कृतिक कार्यक्रमका संरचनाले जानकी मन्दिरको सौन्दर्यता झनै बढाएको छ । विवाह पञ्चमी अन्तर्गत भोलि धनुषा यज्ञ, पर्सि तिलकोत्सव, सोमबार मटकोर, मङ्गलबार स्वयंवर तथा शुभ विवाह र बुधबार रामकलेवा हुँदै समापन हुने कार्यक्रम तालिका जानकी मन्दिरले सार्वजनिक गरेको छ ।

भारतको बिहार, उतरप्रदेश, राजस्थानसहित नेपालको सात प्रदेशका हिन्दू धर्मालम्बीहरु दर्शनका लागि आउने गरेका छन् ।

शुक्रवार, मंसिर ६, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर