२०८२ मंसिर ६, शुक्रवार , ०९:१४:५३ बजे

Sajhamanch
'

शिक्षा बहुउद्देश्यीय सहकारी संस्थामा नयाँ नेतृत्व, अध्यक्षमा पुनः न्यौपाने

शुक्रवार, मंसिर ६, २०८२

झापा । झापाको बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः सुब्रत न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको छ ।

संस्थाको तेह्रौं वार्षिक साधारण सभाअन्तरगत भएको अधिवेशनले न्यौपानेको नेतृत्वमा आगामी चार वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति र लेखा समिति चयन गरिएको हो ।

संस्थाको उपाध्यक्षमा हेमराज मिश्र र सचिवमा युवराज निरौला निर्विरोध निर्वाचित भएको निर्वाचत अधिकृत अर्जुन बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै संस्थाको सञ्चालक समिति सदस्यहरुमा चिजा राई, अशोक गिरी, तारादेवी गौतम, लक्ष्मीप्रसाद घिमिरे, रोहित काफ्ले र रुपा कोइराला चयन हुनुभएको छ ।

यस्तै, संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा सूर्यकुमार खतिवडा, यामनाथ खरेल र लक्ष्मी देवान निर्विरोध निर्वाचित हुनुभएको छ ।

संस्थाको गत कात्तिक २७ गतेदेखि ३० गतेसम्म चारवटा इकाइमा भएको इकाइगत साधारण सभाबाट छनोट भएका २७ जना प्रतिनिधिले अन्तिम माइन्युट प्रमाणिकरण गरेसँगै संस्थाको वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।

सम्बन्धित खबर