
काठमाडौं । शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ० दशमलव ९३ अङ्कले घटेर २ हजार ५६० दशमलव १५ विन्दुमा झरेको छ ।
आज होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स, अन्य र व्यापार बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज १३८ वटा कम्पनीको शेयर घटेकोमा ११२ वटाको बढेको छ । यस्तै ६ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज बुङ्गल हाइड्रो कम्पनीको शेयर सबैभन्दा ९ प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन धौलागिरि लघुवित्त, बन्दीपुर केबलकार, झापा इनर्जी, सागर डिस्टिलरी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ३ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ३२८ वटा कम्पनीका १ करोड ४ लाख कित्ता शेयर ४ अर्ब ६८ करोड रुपैयाँमा किनबेच भएको छ ।


