२०८२ मंसिर ५, बिहिवार , ०२:१८:०५ बजे

Sajhamanch
'

बाराको सिमरामा आज पनि जेनजी युवाको प्रदर्शन

बिहिवार, मंसिर ५, २०८२

काठमाडौं । बाराको सिमरामा आज पनि प्रदर्शन भइरहेको छ ।

नेकपा (एमाले)का नेता–कार्यकर्ता र जेनजी युवाबीचको विवादले बुधबार दिनभर तनावग्रस्त सिमरामा आज दोस्रो दिन बिहीबार पनि प्रदर्शन भएको छ ।

तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले बुधबार कर्फ्यू आदेश नै जारी गरेको थियो । बेलुकीपछि भने स्थिति शान्त बनेको थियो ।

आज बिहीबार बिहान १० बजेबाट जेनजी युवाले सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । आफूहरूमाथि कुटपिट गर्ने एमाले नेता–कार्यकर्ता पक्राउको माग गर्दै जेनजीले प्रदर्शन गरेका हुन् ।

बिहिवार, मंसिर ५, २०८२ | मुख्य समाचार, समाज

सम्बन्धित खबर