२०८२ मंसिर ५, बिहिवार , ०२:३६:३५ बजे

Sajhamanch
'

सिमराको स्थिति सामान्य बन्दै, शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न गृह मन्त्रालयको आग्रह

बिहिवार, मंसिर ५, २०८२

काठमाडौं । हिजो दिनभरजसो तनावग्रस्त बनेको बाराको सिमरामा स्थिति सामान्य बन्दै गएको छ । गृह मन्त्रालयले विज्ञप्ति निकालेर शान्तिसुरक्षा कायम गर्न स्थानीय प्रशासनले आवश्यक पहल गरिरहेको र स्थिति सामान्य हुँदै गएको जनाएको हो ।

विज्ञप्तिमा वर्तमान सरकार देशमा शान्ति व्यवस्था र अमनचयन कायम गरी तोकिएको समयमै चुनाव सम्पन्न गराउन प्रतिबद्ध रहेको उल्लेख छ । मन्त्रालयले सिमरा घटनाप्रति ध्यानाकर्षण भएको भन्दै कार्यक्रमहरु गर्दा शान्तिपूर्ण रुपमा गर्न आग्रह गरेको छ ।

गृहले सबै पक्षलाई आ–आफ्नो कार्यक्रम सञ्चालन गर्दा स्थानीय प्रशासनसँग समन्वय गर्न पनि अनुरोध गरेको छ । कार्यक्रमलाई शान्तिपूर्ण रुपमा सञ्चालन गर्न र अभिव्यक्ति राख्दा गम्भीर हुन गृहको विज्ञप्तिमा भनिएको छ ।

सिमरामा हिजो एमाले कार्यकर्ता र जेन–जीबीच झडप हुँदा स्थिति तनावपूर्ण भएपछि सिमरा विमानस्थल नै बन्द गरिएको थियो भने दिउँसो साढे १२ बजेदेखि बेलुकी ८ बजेसम्म कर्फ्यु लगाइएको थियो ।

सम्बन्धित खबर