
झापा । झापाको अर्जुनधारामा देवरले चलाएको मोटरसाइकलबाट लडेर भाउजूको मृत्यु भएको छ ।
तीन दिनअघि कात्तिक ३० गते अर्जुनधारा(६ कदमगाछीस्थित बिर्तामोड– शनिश्चरे सडक खण्डमा शनिश्चरेबाट बिर्तामोडतर्फ आउँदै गरेको मे.१०प.८८४७ न. को मोटरसाइकलमा पछाडि सवार अर्जुनधारा–८बस्ने वर्ष ५६की सरस्वती तामाङ श्रेष्ठ कुदिरहेको मोटरसाइकलबाट अचानक लडेर घाइते भएकी थिइन् ।
उनको उपचारका क्रममा आज बिहानको राति २।४० बजे बीएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सरस्वती सवार मोटरसाइकल उनका देवर अर्जुनधारा२ खुदुनाबारी बस्ने वर्ष ५३ का बिर्खबहादुर तामाङले चलाएका थिए । मोटरसाइकल चालक तामाङलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।


