२०८३ वैशाख १ मङ्गलवार , ०१:४५:१६ बजे

Sajhamanch
'

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त

बुधवार, मंसिर ३, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौला नियुक्त गरेको छ।

कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले निरौलालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघिका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले २०८२ कात्तिक २० गतेदेखि लागू हुने गरी दिएको राजीनामा स्वीकृत गर्दै निरौलालाई नियुक्त गर्ने निर्णय गरेको‌ हो।

निरौला बैंकिङ क्षेत्र तथा स्थानीय तहको अनुभवी व्यक्तिको रूपमा चिनिनुहुन्छ। निरौलाले विराटनगर महानगरपालिकाको कर्मचारीको रुपमा पनि काम गर्नु भएको थियो ।

सम्बन्धित खबर