२०८२ मंसिर ४, बुधवार , ०१:१२:१२ बजे

Sajhamanch
'

अधिक तरलता नघटेपछि राष्ट्र बैंकले आज ५० अर्ब झिक्दै

बुधवार, मंसिर ४, २०८२

काठमाडौं । अधिक तरलता नघटेपछि नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ झिक्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम अर्थात् (तरलता) धेरै भएपछि राष्ट्र बैंकले पछिल्ला दिनमा लामो अवधिका लागि पैसा झिक्दै आएको छ । त्यसैअनुसार ८४ दिनका लागि आज बजारबाट पैसा झिक्न लागेको हो ।

निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो दुई बजेसम्म अनलाइनमार्फत् बोलकबोल गर्न सक्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनमा घटिमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिनेछ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।

सम्बन्धित खबर