
वीरगंज । वीरगंज नयाँ बसपार्कमा पार्किङ गरिराखेको दुईवटा बसमा आगलागी भएको छ । आगालगीबाट जम जम लेखिएको दुईवटै बस पूर्णरूपमा जलेको छ।
सुरक्षाकर्मी र वीरगंज महानगरपालिकाको अग्नि नियन्त्रक टोलीले दमकलको सहयोगमा आगो निभाएको थियो । ना.५ख. ६२१६ र ना.५ख. ६२१७ नम्बरको बसमा आगलागी भएको इलाका प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नविन थापा मगरले जानकारी दिनुभयो ।
‘४–५ महिनादेखि रोकिराखेको दुई वटा बसमा आगलागी भएको छ,’ उहाँले न्नुभयोने, ‘शुरुमा एउटा बसमा आगो लागेर अर्को बसमा सल्किएको जस्तो देखिन्छ, आगलागीको कारण खुल्न सकेको छैन।’ मंगलबार राति पौने १ बजेतिर आगलागी भएको अनुमान छ ।


