२०८२ मंसिर ३, मङ्गलवार , ०४:०३:१६ बजे

Sajhamanch
'

कांग्रेसका विशेष महाधिवेशन पक्षधरले भेटे प्रधानमन्त्री कार्की

मङ्गलवार, मंसिर ३, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूसँग भेटवार्ता गर्नु भएको छ । उहाँले मंगलबार कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको नेतृत्व गरिरहेका नेताहरूसँग भेटवार्ता गर्नु भएको हो।

‘प्रधानमन्त्रीले चुनावी वातावरण चाहनुभएको छ। त्यही क्रममा उहाँले आवश्यक ठानेको व्यक्तिहरू, पार्टीहरू, नेताहरूलाई भट्दै आउनुभएको छ,’ कांग्रेस नेता गुरूराज घिमिरेले प्रधानमन्त्रीसँगको भेटबारे भने, ‘त्यही क्रममा हामीलाई पनि बोलाउनुभयो । हामी गयौं।’

उहाँले भेटका क्रममा प्रधानमन्त्री कार्कीले मुलुकको वर्तमान राजनीतिक परिस्थितिको बारेमा आफ्नो दृष्टिकोण राखेको पनि जानकारी दिनुभयो।

‘उहाँले पछिल्लो अवस्था बारे कुरा राख्नुभयो । देश सम्हाल्ने कुरा, लोकतन्त्रको मुलभूत मर्मअनुरुप यसलाई आफ्नो बाटोमा अगाडि बढ्न दिने, त्यसका निम्ति तोकिएको समयमै म्यान्डेडअनुसार समयभित्रै निर्वाचन गराउने कुरामा प्रतिवद्धता जनाउनुभयो,’ नेता घिमिरेले भन्नुभयो।

जवाफमा कांग्रेस नेताहरूले निर्वाचनलाई पार्टीले सहर्ष रुपमा स्वागत गरेको र २१ फागुनको निर्वाचनमा सहभागी हुने कुरा राखेका थिए।

‘प्रधानमन्त्रीले चुनावको वातावरण निर्माणका लागि आग्रह गर्नुभयो,’ घिमिरेले भने, ‘हाम्रो पार्टीले पनि निर्वाचनलाई सहर्ष रुपमा स्वागत गर्ने, सहभागी हुने हामीले पनि भन्यौं। मूल कुरा फागनु २१ मा निर्वाचन हुने कुरामा उहाँले प्रतिवद्धता जनाउनुभयो।’

सम्बन्धित खबर