२०८२ मंसिर ३, मङ्गलवार , ०१:०४:३९ बजे

Sajhamanch
'

कर्णालीसँगको खेलमा चितवन टस जितेर बलिङ गर्दै

मङ्गलवार, मंसिर ३, २०८२

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्ससँगको खेलमा चितवन राइनोजले टस जितेको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले बलिङ रोजेका छन् । एनपीएलमा यसअघि यी दुई टोलीबीच अघिल्लो संस्करणमा दुई पटक भेट भएकोमा दुइटै खेलमा कर्णाली विजयी भएको छ ।

आजै दोस्रो खेलमा दिउँसो ४ बजे विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स खेल्दैछन् । एनपीएलमा यसअघि यी दुई टोलीबीच पहिलो संस्करणमा एक पटक भेट भएकोमा पोखरा सुपर ओभरमा विजयी भएको थियो ।

यसअघि हिजो भएको उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई हराउँदै काठमाण्डौ गुर्खाजले विजयी शुरुआत गरेको छ ।

एनपीएलमा जनकपुर, काठमाडौं, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ वटा टोली सहभागी छन् । प्रतियोगिताको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ ।

सम्बन्धित खबर