२०८२ मंसिर २, सोमवार , ०३:४७:३० बजे

Sajhamanch
'

एसएसपी विश्व अधिकारी डीआईजी बढुवा सिफारिस

सोमवार, मंसिर २, २०८२

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस हुनुभएको छ।

बढुवा सिफारिस समितिले एसएसपी अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको हो । यसअघिको बढुवामा भने उहाँ छुटेनु भएको थियो। बढुवाका पहिलो नम्बरमा रहेका एसएसपी अधिकारीलाई छुट्दा पाँच एसएसपीलाई डीआईजीमा बढुवा गरिएको थियो ।

अधिकारी २३ र २४ भदौमा जेनजी आन्दोलन हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख हुनुहुनथ्यो । घटनापछि उहाँलाई सरुवा गर्दै परिसर काठमाडौंको जिम्मेवारी एसएसपी रमेश थापालाई दिइएको थियो ।

सोमवार, मंसिर २, २०८२ | मुख्य समाचार, समाज

सम्बन्धित खबर