२०८२ मंसिर १, आइतवार , ०८:३१:०७ बजे

Sajhamanch
'

सताक्षीधाममा बाला चतुर्दशी तयारी तिब्र

आइतवार, मंसिर १, २०८२

शिवसताक्षी । प्रत्येक वर्ष झै यस वर्ष पनि बालाचतुदर्शीमा प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा मेला लाग्ने भएको छ ।

मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकीदेखि दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरेर मनाइने प्रचलन छ ।

यही मंसिर २ गतेदेखि ४ गतेसम्म लाग्ने मेलाको सम्पूर्ण तयारी पुरा भएको सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिले जनाएको छ ।

विगतका वर्षहरुमा भन्दा यसवर्ष मेला व्यवस्थित बनाइने सताक्षीधाम धार्मिक तथा पर्यटन विकास संस्थाका सचिव कालीप्रसाद रिजालले जानकारी दिए । उनले २ गते साँझदेखि नै आफ्ना दिवंगत पितृहरुका नाममा दिपदान (बाती बाल्न)को लागि पर्याप्त ठाउँ निर्माण गरिएको बताए ।

त्यस्तै सतबीज छर्ने भक्तजनहरुका लागि सताक्षीधाम उत्तर आकाश गंगा (झरना) सम्म जानका लागि गरेटो निर्माण गरिएको छ । जसले पानी नटेकीकन झरनासम्म पुग्न सकिने छ ।

सताक्षीधामको मुल शिवमिन्दरमा पुजा आजा गर्दा भिडभाड हुने भएकाले मन्दिर भित्र बस्ने र निस्कने छुट्टाछुट्टै व्यवस्था मिलाइएको धाम विकास समितिले जनाएको छ ।

धार्मिक तथा पर्यटन विकास समितिले सताक्षीधाममा सतवीज छर्न टाडाबाट आउने भक्तजनहरुलाई नि:शुल्क खाजा, चिया र भोजनको समेत व्यवस्था मिलाएको अध्यक्ष तुलाराम बोमिखले जानकारी दिए ।

अध्यक्ष बोखिमका अनुसार मेलामा आउने ठुला सवारी साधनलाई रमिते डाँडासम्म मात्र प्रवेश दिइने र सोही स्थानसम्म जाने र आउने छुट्ट छुट्टै एक तफी ट्रयाक निर्माण गरिएको छ ।

समितिले मेलालाई मध्यजनर गर्दै १० ओटा अस्थायी शौचालय निर्माण गरेको छ । त्यसैगरी सुरक्षाका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्काउटरहरुलाई परिचालन गरिने जनाएको छ। मेला अवधी भर धाम परिसरमै प्राथमिक उपचारको व्यवस्था गरिने भएको छ ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सताक्षीधामका विभिन्न ठाउँमा शतबीज छर्ने गरिन्छ । शतबीज भनिए पनि सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै दिवङ्गत पितृ स्मरण गर्दै छर्ने प्रचलन छ।

सम्बन्धित खबर