२०८२ मंसिर १, आइतवार , ०३:०९:३९ बजे

Sajhamanch
'

झापामा सवारी दुर्घटना : ४ महिनामा १७ जनाको मृत्यु

आइतवार, मंसिर १, २०८२

झापा । पछिल्लो चार महिनामा यहाँ सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको ।

चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । ती दुर्घटनामा परी २९ जना गम्भीर घाइते भएका छन् भने ६७० जना सामान्य घाइते भएका छन् ।

असोजमा सबैभन्दा बढी छ जनाको मृत्यु भएको बताउँदै प्रमुख प्रहरी निरीक्षक राईले साउनमा तीन, भदौमा चार र कात्तिकको चार जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अधिकांश घटनामा दुईपाङ्ग्रे सवारीसाधन संलग्न छन् ।

प्रमुख प्रहरी निरीक्षक राईका अनुसार ३४५ दुर्घटनामा सवारीसाधनको सङ्ख्या भने ४८८ छन् । तीमध्ये दुईपाङ्ग्रे ३२६, चारपाङ्ग्रे ९३, मझौला ३४, ठूला ३२ र पहिचान हुन नसकेका तीनवटा सवारीसाधन रहेका उहाँले जानकारी दिनुभयो ।

सोही अवधिमा कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने छ हजार १०५ वटा सवारीसाधनलाई कारबाही गरेको छ । कार्यालयले साउनमा दुई हजार ५६४, भदौमा एक हजार ९२७, असोजमा २७१ र कात्तिकको हालसम्म एक हजार ३४३ वटा सवारीसाधनलाई कारबाही गरेको हो । सोबापत कार्यालयले रु. ५९ लाख ८१ हजार ५३३ राजस्व सङ्कलन गरेको छ ।

सम्बन्धित खबर