
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड आजदेखि ८९औँ वर्षमा प्रवेश गरेको छ ।
नेपाल बैंक १९९४ सालकात्तिक ३० गते सार्वजनिक निजी साझेदारीमा स्थापना भएको थियो । नेपाल बैंकले नेपाली मुद्रा प्रचलनमा ल्याउन महत्तवपूर्ण भूमिका निर्वाह गरेको छ ।
राष्ट्र बैंक स्थापना हुनुपूर्व नेपाल बैंकले स्थापना कालदेखि २०१२ सालसम्म देशको केन्द्रीय बैंकको रूपमा समेत काम गरी नेपालको बैंकिक क्षेत्रमा महत्त्पूर्ण भूमिका निर्वाह गरेको हो । दुई सयभन्दा बढी शाखा, ६० एक्स्टेन्सन काउन्टरसहित २५ लाखभन्दा धेरै ग्राहकलाई सेवा दिइरहेकोे बैंकले जनाएको छ ।
नेपाल बैंकका धेरैजसो कारोबार डिजिटल माध्यमबाट सञ्चालन हुँदै आएका र नौ लाखभन्दा धेरै ग्राहकहरुले डिजिटल प्रविधिमार्फत बैंकिङ्ग सेवा लिइरहेको जनाएको छ ।


