२०८२ मंसिर १, आइतवार , १०:०६:५५ बजे

Sajhamanch
'

कर्णाली यशविसलाई लगातार दोश्रो पटक एभरेस्ट महिला भलिबल लिगको उपाधि

आइतवार, मंसिर १, २०८२

काठमाडौं । कर्णाली यशविसले लगातार दोश्रो पटक एभरेस्ट महिला भलिबल लिगको उपाधि जितेको छ । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हिजो बेलुकी भएको फाइनल खेलमा कर्णालीले ललितपुर क्वीन्सलाई ३–२ को सेटमा हरायो ।

कर्णालीले लगातार पहिलो र दोश्रो सेट २६–२४ र २५–१७ ले जितेको थियो । त्यसपछि ललितपुरले पनि लगातार तेश्रो र चौथो सेट २५–१३ र २५–१७ ले जित्यो । पाँचौ तथा अन्तिम सेटमा कर्णालीले उत्कृष्ट पुरागमन गर्दै १५–८ ले जित्दै उपाधि जित्यो ।

लगातार दोस्रो पटक टोलीलाई उपाधि जिताएका कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । उनीसँगै कर्णालीकी साफिया पुन उत्कृष्ट सर्भर उत्कृष्ट घोषित भइन् । लुम्बिनी लाभाजकी अरुणा शाहीले उत्कृष्ट सेटरको अवार्ड जितिन् ।

दोस्रो भएको ललितपुरकी सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर, संगम महतो उत्कृष्ट ब्लकर, तेस्रो भएको काठमाण्डौ स्पाइकर्सकी उषा भण्डारी उत्कृष्ट स्टाइकर चुनिइन् ।

समूहको शीर्ष दुई स्थानमा रहँदै यी दुई टोलीले फाइनल खेलेका हुन् । गएको वर्ष भएको पहिलो संस्करणको फाइनल खेलमा पनि कर्णालीले ललितपुरलाई हराउँदै उपाधि जितेको थियो ।

गएको भदौ २० गतेदेखि पोखरामा शुरू भएको प्रतियोगिता लगत्तै २३ र २४ गतेको जेनजी आन्दोलनका कारण रोकिएको थियो । गएको बुधवारदेखि प्रतियोगिता फेरि शुरू भएको हो । प्रतियोगितामा ६ वटा टोली सहभागी थिए ।

सम्बन्धित खबर