
धनकुटा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी धनकुटाले नेकपा (एमाले)मा पूर्णरूपमा समाहित हुने निर्णय गरेको छ।
एकीकृत समाजवादीको जिल्ला कमिटीले विज्ञप्ति जारी गर्दै बहुमत सदस्यले एमालेमा समाहित हुने निर्णय गरेको उल्लेख छ।
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भएको छ। सो पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र लिएकै दिन सिङ्गो जिल्ला कमिटी एमालेमा विलय हुने सार्वजनिक भएको हो ।
एकीकृत समाजवादी धनकुटा जिल्ला अध्यक्ष अर्जुन राईले एमालेमै समाहित भएर अघि बढ्ने बताए।


