
काठमाडौं । सरकारले राष्ट्रिय भवनसंहिता कार्यान्वयनमा ल्याएको छ । हिजो राजपत्रमा प्रकाशित भएपछि यो कानूनी रूपमा लागू भएको छ ।
शहरी विकास मन्त्रालयका अनुसार यो संहिता सामान्य घर तथा भवनका लागि मात्र नभई, जलविद्युत आयोजना अन्तर्गतका बाँध, विद्युत् गृह, सुरुङ्गा लगायत भूमिगत संरचनाहरू निर्माणका लागि समेत लागु हुनेछ ।
मन्त्रालयले पालिका तह, इन्जिनियर तथा आम नागरिकलाई यस संहिता अक्षरसः पालन गर्न समेत आग्रह गरेको छ । भूकम्पीय जोखिम भू(भागमा सुरक्षित भवन निर्माण गर्न यसको महत्त्वपूर्ण भूमिका हुने अपेक्षा गरिएको छ ।


