२०८२ कार्तिक २८, बिहिवार , ११:२०:४१ बजे

Sajhamanch
'

भारतमा रहेको नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले आज राजस्थानसँग खेल्दै

बिहिवार, कार्तिक २८, २०८२

काठमाडौं । भारतमा रहेको नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले आज राजस्थानसँग खेल्दैछ । खेल देहरादुनको आयुस क्रिकेट एकेडेमीमा हुनेछ ।

उत्तराखण्ड क्रिकेट एशोसिएसनको आयोजनामा आजदेखि आउँदो मङ्सिर ३ गतेसम्म हुने खेलका लागि टोली अस्ति भारत गएको हो । नेपाली महिला टोलीले देहरादुनमा स्थानीय टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपालले भारतको राजस्थान, पश्चिमबङ्गाल र उत्तराखण्डसँग ६ खेल खेल्ने तालिका रहेको नेपाल क्रिकेट सङ्घ (क्यान) का केन्द्रिय सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

विश्वकप क्रिकेट छनोटको तयारीका लागि महिला टोली भारत गएको हो । नेपाली टोलीले भोलि उत्तराखण्डसँग, पर्सि पश्चिमबङ्गालसँग, मङ्सिर १ गते राजस्थानसँग, मङ्सिर २ गते उत्तराखण्डसँग र अन्तिम खेल मङ्सिर ३ गते पश्चिम बङ्गालसँग खेल्नेछ ।

टोलीमा कप्तान इन्दु बर्मा, कविता कुँवर, साना परविन, रुबिना क्षेत्री, अलिशा यादव, इश्वरी विष्ट, रोमा थापा, अश्मिना कर्माचार्य, सवनम राई, विन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सीमाना केसी र ममता चौधरी रहेका छन् ।

सम्बन्धित खबर