२०८२ कार्तिक २७, बुधवार , ०४:१९:१० बजे

Sajhamanch
'

लागूऔषधको कारोबार गरेको आरोपमा तीन जना पक्राउ

बुधवार, कार्तिक २७, २०८२

सुनसरी । सुनसरीको धरानका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधको कारोबार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। मंगलबार राति धरान–२० कोकाहा खोलाबाट ११ केजी गाँजासहित एक युवक र धरान –१९ प्रगती चोकबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबू राईका धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्र.१–०२–०५३ प.९९८२ नम्बरको मोटरसाइकललाई जाँच गर्दा सहिदभूमि गाउँपालिका–१ धनकुटाका २३ वर्षीय सिद्धार्थ राईको झोलामा ११ केजी गाँजा फेला परेको थियो। गाँजा र मोटरसाइकलसहित नियन्त्रणमा लिएर उनीमाथि थप अनुसन्धान भइरहेको डिएसपी राईले जानकारी दिनुभयो।

यस्तै धरान–१९ प्रगति चोकमा लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको टोलीले २५ वर्षीय समिर वीक र अर्जुन वीकलाई चेकजाँच गर्दा ब्राउन सुगर २.३८ ग्राम, ५२ क्याप्सुल ट्रामाडोल र ५२ ट्याब्लेट डिकोलिक बरामद गरेको छ।

प्रहरीले दुबै घटनामा पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ।

सम्बन्धित खबर