२०८२ कार्तिक २७, बुधवार , ०१:५३:०८ बजे

Sajhamanch
'

जेनजी आन्दोलनका कारण रोकिएको एभरेष्ट महिला भलिबल लिग आजदेखि

बुधवार, कार्तिक २७, २०८२

काठमाडौं । एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका बाँकी खेल आजदेखि हुँदैछन् । गएको भदौ २० देखि पोखरामा शुरू भएको प्रतियोगिता लगत्तै २३ र २४ गतेको जेनजी आन्दोलनका कारण रोकिएको थियो ।

प्रतियोगिता आजदेखि काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सञ्चालन हुँदैछ । लिगका १६ मध्ये यसअघि ९ खेल सम्पन्न भइसकेको छन् । आज हुने पहिलो खेलमा दिउँसो ३ बजे कर्णाली यशविस र मधेश युनाइटेडले तथा आज बेलुका ५ बजे ललितपुर क्वीन्स र पोखरा निन्जाजले खेल्दैछन् ।

६ टोली सहभागी प्रतियोगितामा शीर्ष दुईमा रहने टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल यहि २९ गते हुनेछ ।

सम्बन्धित खबर