२०८२ कार्तिक २७, बुधवार , ०१:५३:४२ बजे

Sajhamanch
'

राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ निक्षेप तान्दै

बुधवार, कार्तिक २७, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले (आज) बुधवार ५० अर्ब रुपैयाँ निक्षेप तान्दैछ । मुख्य चाडपर्व पछि पनि निरन्तर अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो ।

अहिले कुल निक्षेप ७४ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउनेछन् ।

आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज आउँदो २०८३ वैशाख २३ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

सम्बन्धित खबर