२०८२ कार्तिक २७, बुधवार , १२:१६:०५ बजे

Sajhamanch
'

लोक सेवा आयोगले माग्यो कर्मचारी

बुधवार, कार्तिक २७, २०८२

काठमाडौं । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुलाएको छ।

आयोगले आज एक सूचना प्रकाशित गर्दै निजामतीतर्फ प्राविधिकको राजपत्राङ्कित तृतीय श्रेणी र स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदहरूमा १७० जनाको लागि आवेदन खुलाएको हो।

आवेदन फाराम आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट भर्न सकिने सूचनामा उल्लेख छ ।

योग्यता पुगेका इच्छुक नागरिकले आगामी मङ्सिर १६ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर मङ्सिर २३ गतेसम्म आवेदन दिन सकिने छ।

12

बुधवार, कार्तिक २७, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर