
झापा । नेकपा एमालेको केन्द्रीय कार्यक्रम अन्तर्गत झापाका अधिकांश पालिकाहरुमा एमालेले शक्ति प्रदर्शन गरेको छ । झापामा अधिकांश पाकिलाहरुमा मोटरसाइकल र्याली गर्दै शक्ति प्रदर्शन गरेको हो ।
विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जिल्ला अधिकांश पालिकाहरुमा मोटरसाइकल र्याली सम्पन्न गरेको छ । लोकतन्त्रको जगेर्ना र संविधानको रक्षा गर्न एमाले सडकमा आएको नेताहरुको धारणा छ ।
झापाको मेचीनगर, भद्रपुर, कनकाई, शिवसताक्षी, गौरादह नगरपालिका र झापा, गौरीगञ्ज, कमल गाउँपालिकाले मोटरसाइकल र्याली गरेको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिनुभयो ।
हल्दिवारीमा नेकपा एमालेले कृषिमा भएको क्षतिको राहत माग्दै कोणसभा गरेको छ भने बुद्धशान्ति गाउँपालिकाले प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको सचिव कार्कीले जानकारी दिनु भयो ।
यसअघि बिर्तामोड, दमक, अर्जुनधारा, कचनकवल गाउँपालिकाले मोटरसाइकल र्याली गरेका थिए । बाह्रदशी गाउँपालिकाले आगामी मंसिर १ गते क्षेत्र स्तरीय जनवादी सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ । जिल्लाका सबै पालिकाहरुमा शक्ति प्रदर्शन गरेको एमालेले कात्तिक २९ गते जिल्लास्तरीय जनजागरणसभा बिर्तामोडमा आयोजना गर्दैछ ।
जेनजी आन्दोलनका क्रममा आगलागी र तोडफोड लगायत अपराधिक काममा सक्रिय व्यक्तिहरुलाई यथासक्य कानुनी कारबाहीको माग गरिएको छ । नागरिकको सुरक्षामा जोखिम भएको जनाउँदै एमालेले सरकारसँग सुरक्षा प्रवन्ध मिलाउन प्रदर्शनका क्रममा अपील समेत गरेको छ ।
कार्यक्रममा स्थानीय नेताहरुले सम्बोधन गरेका थिए ।


