२०८२ कार्तिक २६, मङ्गलवार , ०४:२३:१५ बजे

Sajhamanch
'

शेयर बजार सामान्य बढ्यो, कारोबार रकम घट्यो

मङ्गलवार, कार्तिक २६, २०८२

काठमाडौं । हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव २१ अङ्कले बढेर २ हजार ५६५ दशमलव १६ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, फाइनान्स, होटल, लगानी, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर सामान्य बढेको छ । आज १४२ वटा कम्पनीको शेयर बढेकोमा १०२ वटाको घटेको छ । यस्तै १० वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज साइन रेसुङ्गा डिबेन्चर, बन्दीपुर केवलकार, माबिलुङ इनर्जी, सागर डिस्टिलेरी, बुङ्गल हाइड्रो कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य उकालो लागेको दिन नेपाल एसबीआई बैंकको डिबेन्चर ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ४ अर्ब ५१ करोडको कारोबार भएकोमा आज ३२७ वटा कम्पनीको ७९ लाख ४७ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड रुपैयाँमा किनबेच भएको छ ।